Comments Add Comment

लोकमानको नियुक्ति फाइल अदालत पठाउने सरकारको तयारी

३ असोज, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल सर्वोच्च अदालतमा पठाउने तयारी गरेको छ ।

Lokman-Sing-Karkiयसअघि सरकारले कार्कीको नियुक्ति सम्बन्धी फाइल भूकम्पमा परेर हरायो भन्ने जवाफ दिएको थियो । लगत्तै सर्वोच्चले सात दिनभित्र नियुक्तिको कागजपत्र पेश गर्न निर्देशन दिँदै नभए सम्वन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले यसबारे प्रश्न उठाएका थिए । लगत्तै प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव सोमलाल सुवेदीलाई सोधेका थिए । र, उनले लोकमानको नियुक्तिको फाइल भूकम्पमा नहराएको र प्रधानमन्त्री कार्यालयमा रहेको जानकारी गराए ।

भूकम्पमा हराएको नभई नभेटिएको जवाफ दिएको भन्दै उनले अहिले भेटिएको र त्यो खबर सर्वोच्च अदालतलाई गरिसकेको बताए ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्तिलाई बैधानिकता दिने आफ्नो पूर्वफैसला पुनरावलोकन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment