४ असोज, ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको ६० औं बर्ष गाँठ (हिरक महोत्सव) संखुवासभा जिल्लामा गर्न लागिएको भन्दै ताप्लेजुङका स्थानीयले बिरोध जनाएका छन् ।
हिमाल रहेकै जिल्लामा स्थानीयको सहभागितामा मनाउनुपर्ने महोत्सब संखुवासभाको गुफापोखरीमा गर्न लागेको भन्दै ताप्लेजुङका स्थानीयले सो निर्णय खारेज गरी जिल्लामानै मनाउन दबाद दिने उद्योग बाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए ।
‘नेपाल सरकार, नेपाल पर्वतारोण संघ लगायतको आर्थिक सहयोगमा मनाइने तयारी भएको सो महोत्सब ताप्लेजुङ-काठमाडौं सरोकार समाजका केहि व्यक्तिको समर्थन लिएर गुफापाखेरीमा गर्न लागिएको रहेछ, काठमाडौमा समेत भेला भएर विरोध जनाएका छौं,’ कञ्चनजंघा महोत्सवका प्रस्तावक घुन्साका डण्डु लामाले भने ।
कञ्चनजंघा महोत्सव गर्ने निर्णय गतबर्षकै जिल्ला परिषदले गरेको छ । कञ्चनजंघा आधार शिविर घुन्साका बासिन्दाको प्रस्ताव अनुसार लेलेप गाविसको गाउ परिषद, इलाका परिषद हुँदै जिल्ला परिषदवाट सो निर्णय पारित भएको थियो । तर रकम जुटाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन ।
यता ताप्लेजुङबाट निर्वाचित सांसदहरुले पनि महोत्सब अर्कै जिल्लामा मनाउने निर्णय आफुहरुलाई थाहा नभएको र त्यस्तो भए सो गर्न नदिने बताएका छन् ।
जिल्लामै पर्याप्त प्रचार गर्नुपर्ने कञ्चनजंघाको संखुवासाभामा कार्यक्रम गरेर अर्थ नहुने भएकाले यही गर्न प्रस्ताव गरेका छौं होटल ब्यवसायी संघका ताप्लेजुङका अध्यक्ष दिनेश खवासले भने ।
प्रतिक्रिया 4