Comments Add Comment

असोज १५देखि हिमालय एयरलाइन्सले कोलोम्बोमा उडान भर्ने

himalayan-airlines
४ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले असोज १५ गते (अक्टोबर १ तारिक) देखि काठमाडौं-श्रीलंका (कोलम्बो) हवाइ रुटमा सीधा उडान भर्ने भएको छ । नयाँ एयरबसमार्फत हप्ताको तीन दिन कोलम्बोमा उडान भर्ने गरी एयरलाइन्सले आफ्नो सर्भिस प्लान काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

हिमालयनले प्रत्येक मंगलबार, बिहीबार र शनिबर कोलम्बोमा उडान भर्ने एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए । ति दिनहरुमा विमान ११.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने हिमालयन एयरको बिमान दिउँसो ३.१५ बजेको समयमा कोलम्बोमा अवतरण हुनेछ । फेरि अपरान्ह ४.१५ मा कोलम्बोबाट उडेर बेलकुी ८.१५मा विमान नेपाल आइपुग्ने छ ।

भाडादर

कम्पनीले काठमाडौं कालमबो र कोलम्बो काठमाडौंको भाडादर निर्धारण गरिसकेको छ । काठमाडौं-कोलम्बो रुटमा इकोनोमिकमा एक तर्फी भाडा २९ हजार १ सय ९१ रुपैयाँ र दुई तफी ५० हजार ४१ रुपैयाँ तोकिएको छ भने बिजनेश क्लासको टिकट दर एक तर्फी ३९ हजार ३ सय १९ र दुई तर्फी ८२ हजार २ सय ८१ रुपैयाँ तोकिएको छ ।

यसैगरी कोलम्बो काठमाडौं उडानको भाडादर इकोनोमिकमा एक तर्फी २९ हजार ३ सय ३५ रुपैयाँ र दुई तर्फी ५१ हजार ३ सय ५३ रुपैयाँ छ । बजिनेतर्फभने एक तर्फी ४७ हजार ३ सय ७० र दुई तर्फी ८० हजार ८ रुपैयाँ तोकिएको श्रेष्ठले बताए ।

किन कोलम्बो ?

Himalaya-Airlines-colamboनेपाल र श्रीलंका सीधा उडान नहुँदा कोलम्बोको यात्रा असहज र खर्चिलो भएको अध्ययनले देखाएकाले दोस्रो गन्तव्यको रुपमा कोलम्बो रोजको जनरल म्यानेजर राजु केसीले बताए । हिमालय एरले अहिले कतारको दोहामा उडान भरिररहेको छ ।

दुई देशबीचको व्यापार सम्झौता, पर्यटन, शिक्षासँग प्रत्यक्ष जोडिएपनि सीधा उडान नहुँदा यात्रा असहज भएकै ठहर गर्दै सिधा उडान भर्ने आफुहरु तयार भएको उनले बताए ।

नेपाल आउने श्रीलंकाली पर्यटकको वृद्धिदरले पनिकम्पनीलाई कोलम्बोमा तानेको हो । दुईदेश बीचको संस्कार मिल्दो जुल्दो रहेको, नेपालबाट श्रीलंका जानेहरु वर्षको एकपटक नेपाल र्फकने गरेको र नेपाल आउनेहरु पनि पुनः उही रुटमा श्रीलंका र्फकने गरेको तथ्याङकलाई हेर्दै आफूहरुले दोस्रो गन्तव्यको रुपमा कोलम्बो रोजेको केसीले बताए ।

श्रीलंकाका पर्यटक कति ?

नेपाल पर्यटन बोडकाअनुसार सन् २०१२ मा श्रीलंकाबाट ६९ हजार ४७६ पर्यटक नेपाल आएका थिए । त्यो संख्या १३ मा घटेपनि त्यसपछि भने बढ्दो रहेको छ ।

क्रमश १३, १४ र १५ मा ३२ हजार ४३७, ३७ हजार ५४६, ४४ हजार ३६७ पर्यटक नेपाल आएका थिए । अब श्रीलंकाली पर्यटकले पनिसहज र सस्तोमा नेपाल आउन र श्रीलंका फर्किन पाउने कम्पनीको दाबी छ ।

तेस्रो गन्तव्य दिल्ली

Himalaya-Airlines_Vijay-Shrकम्पनीले आफ्नो तेस्रो गन्तव्य दिल्ली बनाउने जनाएको छ । दिल्ली उडानको लागि अनुमति पाउने प्रक्रिया अन्तिम चरणमा रहेको र पाउनासाथ कुनै ढिला नगरी उडान सुरु गर्ने भाइस प्रेसिडेन्ट श्रेष्ठले बताए ।

यो सँगै कम्पनीका पार्टनर चिनियाँ नै भएका कारण बेजिङ उडान भर्न पनि आवश्यक रहेको उनले बताए । त्यसका लागि आफूहरुले तयारी थालिसकेको र अध्ययन पनि गरिसकेको श्रेष्ठले बताए । कम्पनीले नेपालबाट काठमाडौं-बेइजिङ, काठमाडौं-ल्हासा र काठमाडौं-चंङ्दु हुँदै सोही रुटमा दुईतर्फको उडान गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

योसँगै पाँच वर्ष भित्र १५ वटा जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्टे्रलिया र अमेरिका उडान भर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

अर्को जहाज अक्टोबरभित्र

अहिले हिमालयसँग १ सय ५८ सिट क्षमताको एउटा जहाज मात्रै छ । कोलम्बो उडान गर्न लागेको हिमालय एयरलाइन्सले अर्को जहाज अक्टोबर भित्रनै नेपाल आइपुग्ने जनाएको छ ।

अहिले उडान भरिरहेको जहाजले निरन्तर ४ घण्टा भन्दा बढी उडान भर्न सक्दैन । कम्पनीले एउटै जहाजबाट कतारको दोहामा प्रत्येक दिन बुलेका जाने र विहान आउने गरेको थियो । अब कोलम्बो थप भएसँगै दिनभर पनि उडान भर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment