Comments Add Comment

३४ लागे धुर्मुस, गिरान्चौरको बस्ती निर्माणसँग जोडेर शुभकामनाको ओइरो

Dhurmus-Birthday

४ असोज, काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ मंगलबारदेखि ३४ वर्ष लागेका छन् । सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्प पीडितका लागि बस्ती निर्माण गरेर वाहवाही कमाएका धुर्मुस सोमबार बेलुका मात्रै काठमाडौं आए ।

हजुरआमा सरस्वती कट्टेललाई भेट्न काठमाडौं आएको उनको भनाइ थियो । ‘हिजो बेलुका मात्रै काठमाडौं आएँ, भोलि त बिहानै गिरान्चौर जानु छ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने । हजुरआमा काठमाडौंमा स्थायी बसोबासका लागि आए पनि उनले कामको व्यस्तताका कारण अहिलेसम्म भेट्न पाएका थिएनन् ।

पाँच नाति-नातिनामध्ये हजुरआमाले सबैभन्दा धेरै माया उनैलाई गर्छिन् । ‘कति काम मात्रै गर्नु, हजुरआमालाई जसरी पनि भेटछु भनेर आएँ,’ धुर्मुसले बताए ।

जन्मदिनकै अवसरमा उनले मंगलबार दिउँसो दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ हेर्ने कार्यक्रम तय गरेका छन् । साँझ पाँच बजे भने आफैंले बनाएको बालबालिकासम्बन्धी चलचित्र ‘ज्योति’ प्रदर्शनमा सहभागी हुनेछन् ।

शुभकामना सन्देश धेरै आए

यस वर्षको जन्मदिन उनलाई यस कारण पनि विशेष लाग्यो, फेसबुकमा शुभकामना सन्देश धेरै आए । अधिकांश शुभकामना गिरान्चौरको बस्ती निर्माणसँग जोडेर लेखिएको थियो । धेरैले उनलाई दीर्घायुको कामनासहित बस्ती निर्माण गरेकोमा शुभकामना दिए ।

‘मैले गरेको कामलाई सम्बोधन गर्दै धेरैले सन्देश पठाउनुभयो, त्यसैले यो वर्षको जन्मदिन अलि विशेष लाग्यो’ उनले भने । गिरान्चौरको बस्ती निर्माणको काम ७५ प्रतिशत सकिएको उनले जानकारी दिए । दशैंको घटस्थापनाको दिन तयारी घर पीडितहरुलाई हस्तान्तरण गर्ने गरी तीव्र गतिमा काम भइरहेको पनि उनले बताए ।

काठमाडौ आएपछि बर्थ डे

गाउँमा छँदा उनले कहिल्यै जन्मदिन मनाएनन् । काठमाडौं आएर अभिनय यात्रा सुरु गरेपछि पनि जन्मदिन उनको प्राथमिकतामा परेन ।
कार्यक्रमको सिलसिलामा एक पटक कोरिया पुग्दा साथीहरुले ‘सरप्राइज बर्थ डे’ मनाएका थिए, त्यसैलाई उनी आफ्नो पहिलो ‘बर्थडे सेलिब्रेसन’ मान्छन् । पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि जन्मदिन मनाउन बाध्य भएको उनको भनाइ छ । ‘अहिले त सामाजिक सञ्जालमा ह्याप्पी बर्थडे भनेर आएपछि नमनाई सुखै पाइँदैन,’ हाँस्दै उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment