Comments Add Comment

आर्यन–नम्रता हाबी हुँदा निर्देशकको हातमा भने पहिलो अवार्ड

dinesh raut award
यो बर्ष नायिका नम्रता श्रेष्ठ अवार्डमा हाबी छिन् । आजसम्म नेपालमा जतिवटा चलचित्र सम्बन्धी अवार्ड आयोजना भएका छन्, सबैमा नम्रताले नै अवार्ड जितेकी छिन् । यस्तो लाग्दैछ कि अब यो बर्ष नम्रतालाई अवार्ड नदिने आयोजकमाथि पाठक र मिडियाको गाली बर्षनेछ ।

नम्रताले यो बर्ष आजसम्म आयोजना भएका सबैजसो अवार्ड जित्दा नायक आर्यन सिग्देलले पनि अवार्डमा वर्चस्व नै कायम गरेका छन् । आर्यन र नायक दयाहाङ राइको अवार्डमा प्रतिस्पर्धा चलेको छ । चलचित्र ‘क्लासिक’बाट यी दुई कलाकारलाई अवार्ड मिलिरहेको छ ।

तर, अधिकांश अवार्ड समारोहमा यो जोडी सफल हुँदा यसका निर्देशक दिनेश राउतको हात भने शुन्य जस्तै थियो । दिनेशले यो बर्ष कुनै पनि अवार्ड पाएका थिएनन् । उनका लागि चलचित्र ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के खनाल वाधक बनेका थिए ।

तर, काठमाण्डौमा आयोजना भएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा भने दिनेशले अवार्ड पाएका छन् । चलचित्र ‘क्लासिक’बाट उनलाई उत्कृष्ट निर्देशकको अवार्ड मिलेको हो । सर्वाधिक विधामा नोमिनेशनमा परेको यो चलचित्रका मुख्य ३ खम्बा निर्देशक, नायक र नायिकाले नै अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment