६ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले देशलाई द्रत गतिमा अघि बढाउन सञ्चारमाध्यमहरुले भूमिका खेल्नुपर्ने बताएकी छन् । पत्रकारिता पेशालाई मर्यादित र उत्तरदायी बनाउनुपर्ने आवश्यकता पनि उनले औंल्याइन् ।
प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सव समारोहलाई विहीबार सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पत्रकारिता पेशालाई उत्तरदायी बनाई जनविश्वास बढाउनुपर्छ ।’
पत्रकारहरुले सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । सञ्चारमाध्यमले उत्पीडित वर्ग र समुदायको हितमा वकालत गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रेस काउन्सीलले बिभिन्न विधामा दिने पुरस्कार वितरण गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4