Comments Add Comment

सशस्त्र प्रहरीका ६ एआईजीको सरुवा तथा पदस्थापन

६ असोज, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ६ जना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ ।

sailendra-khanal
शैलेन्द्र खनाल

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरी बलका एआईजीहरुको सरुवा गरेको हो ।

प्रशासन विभागमा रहेका सिंहबहादुर श्रेष्ठलाई प्रशासनिक विभागमा सरुवा गरिएको छ भने केहि महिनाअघि मात्रै एआइजी बढुवा भएका शैलेन्द्र खनाललाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको छ । एईआइजीमा बढुवा भए पनि पदस्थापना नहुँदा खनाल डिआईजीले सम्हाल्ने प्रवक्ताको जिम्मेवारीमै थिए ।

खनालसँगै बढुवा भएका जितबहादुर पुनलाई महानगरीय सशस्त्र प्रहरी बलको जिम्मेवारी दिइएको छ ।

एआईजी कृष्णकुमार तामाङलाई कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा र प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी प्रकाश ओझालाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

सीमा सुरक्षा विभागमा रहेका एआईजी पे्रमकुमार शाहीलाई कार्य विभागमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद वैठकले राष्ट्रिय अनुसन्धान विभागका दुई सहअनुसन्धान निर्देशकलाई अनुसन्धान निर्देशकमा बढुवा पनि गरेको छ । लक्ष्मण गुरुङ र रामबहादुर कार्कीलाई अनुसन्धान निर्देशकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि डेढ करोड निकासा गरेको छ नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment