+
+
Shares

चितुवा मार्न गएका प्रहरी नै समस्यामा

रासस रासस
२०७३ असोज ७ गते १०:०१

Nepal Police७ असोज, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ ।

तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो ।

भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो ।

प्रहरीको टोली स्वास्थ्यचौकीको भवनमा बसिरहेको छ भने स्थानीयवासीसँग भाँडाकुँडा मागेर आफैंले पकाएर खाने व्यवस्था गरेको छ । चितुवा मार्नका लागि प्रहरीको टोली खटिएयता चितुवा भने कतै देखा नपरेको बताइएको छ ।

प्रहरी सहायक निरीक्षक लोकेन्द्र खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले रातदिन गस्ती गरेको भएपनि नरभक्षी चितुवा भने अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

चितुवालाई मार्नका लागि क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट थप सुरक्षाकर्मी मगाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको भएपनि क्षेत्रीयबाट प्रहरी मगाउन प्राविधिक समस्या रहेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए ।

नरभक्षी चितुवा मार्नका लागि खटाइएको प्रहरी टोलीलाई भने अर्को आदेश नभएसम्म उतै बस्न निर्देशन दिइएको छ ।

यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।

बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । उदयदेव, विशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?