+
+
Shares

कैलालीमा चितुवाको छालासहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १४:३१

२९ माघ,  नगढी । कैलालीमा चितुवाको छालासहित एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक बासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

अवस्थीको कमाण्डमा खटि गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०४ बसपार्कस्थित वर्ष ४३ को देवसिंह बोहराले संचालन गरेको मिलनसार गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।

 खानतलासी गर्दा नरेशको झोलामा ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका नरेशलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको डीएसपी बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?