
२९ माघ, काठमाडौं । गत असोज दोस्रो साता आएको भारी वर्षा र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक लिपिङ खोलामा बगेको बेलिब्रिज पुनः जडान भएको छ ।
त्यहाँ ह्युम पाइप राखेर यातायात सूचारु गरिएको थियो । पछिल्लो समय नेपाली सेनाको प्राविधिक सहयोगमा एक साता अगाडिदेखि बेलिब्रिज राख्न सुरु गरिएको थियो ।
अहिले नेपालतर्फ बेलिब्रिज राख्ने काम भइरहेको र चीनतर्फ समेत काम भइरहेकाले तातोपानी नाकामा नियमित यातायात सूचारु हुन सकेको छैन ।
नेपाली सेनाका अनुसार त्यहाँ २० माघदेखि बेलिब्रिज जडान सुरु गरिएको थियो । ४५.७२ मिटर लम्बाइको बेलिब्रिज जडान गरिएको हो । यसको भारबहन क्षमता २८ टन बराबर छ ।
बेलिब्रिज जडान २७ माघका दिन सम्पन्न भएको हो । सोमबार यो पुल सेनाले सडक डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया 4