Comments Add Comment

नयाँ वर्षमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन प्रधानमन्त्रीको निर्देशन

'तोकिएको समयभन्दा छिटो काम पूरा गरे पुरस्कृत'

७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ आगामी नयाँ वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउन निर्देशन दिएका छन् ।

Prachand-at-Melamchi-1मेलम्चीको पानी दशैं अघि नै काठमाडौं ल्याउने सरकारको लक्ष्य थियो । तर, सो लक्ष्य भने पूरा नहुने भएको छ । दशैं आउन दुई हप्ताजति बाँकी छँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालयका सचिव र पार्टीका केही नेताहरुसहित शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे ।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७३/७४ मा पुर्‍याउने भनेर मोटामोटी लक्ष्य निर्धारित भएको छ । मानिसहरुको अपेक्षा र मैले यहाँ हेर्दा पनि म आशावादी नै भएको छु । २०७४ को शुरुतिर यहाँको पानी काठमाडौं जान सम्भव छ ।’

उनले मेलम्चीको पानी काठमाडौं ल्याउन भइरहेको कामप्रति सन्तोष व्यक्त गरे ।

‘हुन त यहाँ मुख्य सचिव जीले दशैं अगाडि । मैले भन्न चाहेको चाहिँ नववर्षसँगै पुग्ने, कमसेकम काठमाडौं पानी पूरै जान नसके पनि आयो भन्ने बनाउन सम्भव छ भन्ने देखें मैले,’ प्रधानमन्त्री प्रचण्डले भने ।

मेलम्ची खानेपानी आयोजना २०५५ सालदेखि सुरु भएको थियो । सरकारको राष्ट्रिय गौरवको आयोजनाभित्र परेको यो मेलम्ची आयोजनाको कामको करिब सात किलोमिटर टनेल खन्न अझै बाँकी छ । पहाड काट्ने र रिजर्भर बनाउन पनि बाँकी छ ।

Prachand-at-Melamchiगुणस्तरीय कामसहित तोकिएको समयभित्रै काम सक्न उनले आयोजनाका पदाधिकारीहरुलाई निर्देशन दिए । छिटो काम सकिएमा सरकारले सम्मान गर्ने प्रचण्डले बताए ।

‘अहिले तोकिएको समयभन्दा केही महिना मात्रै भए पनि छिटो सम्पन्न गरियो भन्ने एउटा उदाहरण यहि मेलम्चीबाट हामी प्रस्तुत गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो बिल्कुल सम्भव छ । सबैले आ-आफ्नो ठाउँबाट मेहेनतलाई डबल बनाइयो भने तपाईंहरु सम्मानित हुने, पुरस्कृत हुने सम्भावना छ ।’

आयोजनाको काम छिटो सम्पन्न गर्न सरोकारवाला मन्त्रालय र विभागलाई निर्देशन दिने उनले बताए । यसको प्राथमिकतासाथ अनुगमन पनि गरिने प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सम्वन्धित मन्त्रालय र विभागलाई यो कामलाई प्राथमिकता दिएर तदारुकताकासाथ अगाडि बढाउन निर्देशित गर्ने छु । म निर्देशितमात्र गर्ने होइन, अनुगमन पनि सँगसँगै गर्नेतिर म गैराख्याछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment