Comments Add Comment

अष्ट्रेलियामा कता हरायो मनोज गजुरेलको कालो टोपी ?

manoj-gagurel

पूर्बी नेपालको फन्को मार्दै मकवानपुर आएर नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रको चर्चित पुरस्कार थापेका हाँस्य कलाकार मनोज गजुरेल काठमाडौँ पुगेकै राती कालो टोपी ढल्काउँदै अन्तररास्ट्रिय विमानस्थलतर्फ हानिए । बिस घन्टापछि उनी चर्चित गायिका इन्दिरा जोशीसँगै मेल्बर्न विमानस्थलमा भेटिएका छन् । तर अस्ट्रेलिया टेक्दा भने उनको कालो टोपी शिरमा देखिएन । उनी अस्ट्रेलिया आउने खबर तीन महिना अघिदेखि यहाँको नेपाली समुदाय बीच फैलिएको थियो । आज उनको भिक्टोरिया राज्यमा न्यानो स्वागत भएको छ ।

उनी अस्ट्रेलिया आफ्नो नयाँ ब्यङ्ग्य प्रस्तुति लिएर आएका छन् । यहाँको नेपाली समाज आफु बसेको प्रत्येक शहरमा उनको स्वागत गर्न चाहन्छ । उनलाई घर घरमा स्वागत गर्न चाहने र सम्मान गर्न चाहने व्यक्ति र सस्थाहरु पनि छन् तर उनी भने आफ्नो ब्यस्तताका कारण अस्ट्रेलियाका सबै शहरमा जान नसकेपनि सिड्नी, बि्रसबेन र मेलबर्नमा भने आफ्ना दर्शकसँग हुनेछन् ।

काठमाण्डौमा लगाएको टोपी कता हरायो त्यो रहस्य उनका प्रस्तुतिमा खुल्ने नै छ तर उनी अस्ट्रेलिया आउनुको खास उद्देश्य के हो ? नेपाली हरुको सबैभन्दा बाक्लो बसोबास रहेको सिड्नीमा उनको भ्रमण ब्यबस्थापन गरिरहेको संस्था बि्रज द ग्याप का अनुसार उनी आगामी अक्टुबर २ मा सिड्नीको क्याम्सी स्थित ओरियन फंसन सेन्टरमा आयोजना हुने दसैँ साँझमा सहभागी हुनेछन् । त्यहाँ उनको बेजोड हाँस्य प्रस्तुति हुनेछ । उनीसँगै यात्रामा रहेकी गायिका इन्दिरा जोशीले आˆना लोकपि्रय गीतहरु प्रस्तुत गर्नेछिन् ।

निकट भविष्यमा लम्जुङ जिल्लामा अवस्थित श्री शारदा मध्यमिक बिद्यालयको गत सालको भुकम्पले क्षतिग्रस्त गराएको ४ कोठा मर्मत गर्ने, थप ४ कोठा निर्माण गर्ने र महिला, पुरूष गरी दुई शौचालय निर्माण गर्ने योजना हालै सार्बजनिक गरेको छ । जसका लागि अहिले सम्म संस्थाले बिबिध कार्य गर्दै संकलन गरेको रकममा थप गर्न दशैँ साँझ सिड्नी २०१६ू को आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment