Comments Add Comment

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा खस्यो, ३ को मृत्यु

Madhav_Ghimire_Car_Accident

९ असोज, चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात भने छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

प्रहरीका अनुसार घिमिरे आफैंले गाडी चलाएका थिए ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।

Madhav-Ghimire-Car-Accident

पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश  र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ ।  उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए ।

कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ ।

खिलराज रेग्मीका पालामा घिमिरे गृहमन्त्री थिए ।

Madhav-Ghimire-Car-Accident-1

यो समाचार पनि पढ्नुहोस् 

माधव घिमिरेका चालकको बयान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment