Comments Add Comment

सुरक्षा प्रमुखहरुसहित गृहमन्त्री घोप्टेभिरमा

पूर्वगृहमन्त्री घिमिरेको अवस्था अज्ञात

MadhavGhimireCarAccident११ असोज, चितवन । आइतबार त्रिशुली नदीमा जीप दुर्घटना हुँदा वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीन जनाको अवस्था अझै अज्ञात छ । यद्दपी खोजी कार्य भने जारी छ ।

यसैबीच दुर्घटनास्थलमा गृहमन्त्री बिमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पुगेका छन् । त्यस्तै सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख दिलिप रेग्मी पनि घटनास्थल गएका छन् ।

गृहमन्त्री निधिसहित सुरक्षा प्रमुखहरुले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ । उनीहरुले घटनास्थलबाट आवश्यक निर्देशन दिनेछन् ।

गृहमन्त्रीसहितको टोलीले हेलिकप्टरबाट त्रिशुली नदीमा भइरहेको उद्धार प्रयास अवलोकन गर्ने कार्यक्रम छ । मुग्लीनबाट टोली चितवन पुगेर अस्पतालमा उपचाररत घिमिरेका चालक विष्णु राईलाई थप उपचारका लागि काठमाडौं ल्याउने कार्यक्रम छ ।

यसअघि हिजो यातायात मन्त्री रमेश लेखकले घटनास्थलको निरीक्षण गरेका थिए ।

घिमिरेको खोजीका लागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीहरुले त्रिशुली नदीका विभिन्न भागमा खोजी कार्य जारी राखेका छन् । जसका लागि रामनगर, मुग्लीन, पुल साइड, कालीखोला साइड, सेती त्रिशुली दोभान, कविलास, जुगेडी, रामनगर, देवघाट, त्रिवेणी लगायतका स्थानमा ब्लक बनाएर खोजी कार्य भइरहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

मुग्लीनबाट काठमाडौं तर्फ आउँदै गरेको जीप आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment