Comments Add Comment

ताम्राकार कम्प्लेक्सको ‘दशैं तथा तिहार’ अफरको बम्परमा मोटरसाइकल

११ असोज, काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं, तिहार तथा छठको अवसर पारेर उपभोक्तालाइ आकर्षक छुट र उपहार लिएर योजना सार्वजनिक गरेको छ ।

कम्प्लेक्सले ‘यो दसै तिहार, ताम्राकारमा उपहारै उपहार’ अभियान अन्तर्गत असोज १२ गतेदेखि कार्तिक २१ गतेसम्म छुट तथा विभिन्न उपहार योजना ल्याएको छ ।

ताम्राकार मोबाइल कम्प्लेक्समा मोबाइल खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुटको अफर योजना सार्वजनिक भएको छ । अफर तथा छुट योजना असोज १२ कार्तिक २१ गतेसम्म कम्प्लेक्सका मोबाइल व्यापारीहरुले बताएका छन् ।

व्यापारीहरुले कार्तिक २१ गतेसम्म कम्प्लेक्सेको जुनसुकै पसल तथा शो-रुममा मोबाइल खरिद गर्दा उपभोक्ताले बजाजको नयाा संस्करण २०० सिसी मोटरसाइकलको बम्पर उपहारका लागि सहभागी हुनपाउने भएका छन् ।

योजनाको पहिलो चरणका लागि गोलाप्रथाद्धारा असोज २१ गतेसम्म दैनिक एकजनालाई सामसुङको ३२ इन्चको एलसीडी टिभी, दैनिक ३ जनालाई १० हजार रुपैयाा भन्दा माथीको स्मार्टफोन र दैनिक १० जनालाई पावरब्यांक प्रदान गरिने ताम्राकार मोबाइल कम्प्लेक्सका मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment