११ असोज, काठमाडौं । नेपाल आदर्शका विजय श्रेष्ठ र सितु बोर्डिङ स्कुलका किपेन्द्र श्रेष्ठले दोश्रो त्रियोग अन्तरस्कुल जुडो प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् ।
धापासीस्थित आयोजक त्रियोग स्कुलमा भएको छात्र ६० केजीमाथि विजयले जेम्सका साश्वत पछेरा तथा ६० केजीमुनि किपेन्द्रले त्रियोगका प्रणत पोखरेललाई फाइनलमा पराजित गरे ।
छात्र ३० केजीमुनि कान्ति ईश्वरी राज्यलक्ष्मीका सुवर्ण गिरीले सितुका सुमन गौतम, ३५ केजीमुनि गोकर्णका अर्जुन क्षेत्रीले जेम्सका जेरण अधिकारी, ४० केजीमुनि बाल सेवाका अउबिदुल्लाह अन्सारीले जेम्सका रेशम गुरुङ, ४५ केजीमुनि शखिल बस्नेतले जेम्सका अशिम शाह, ५० केजीमुनि जेम्सका आयाम राजभण्डारीले नेपाल आदर्शका अजय मगर तथा ५५ केजीमुनि जेम्सका शिवमकुमार सिंहले सितुका रिकेश अधिकारीलाई हराउदै स्वर्ण जिते ।
छात्रा ३२ केजीमुनि महेन्द्र भवनकी आशमाया कामीले सितुकी करुणा पाण्डे, ३६ केजीमुनि नेपाल आदर्शकी विनिता तामाङले सितुकी अनिता मगर, ४० केजीमुनि गोकर्णकी उर्मिला राउतले बाल सेवाकी नमिता गौतम, ४४ केजीमुनि सितुकी विनिता मगरले सरस्वती निकेतनकी अनिशा श्रेष्ठ, ४८ केजीमुनि सितुकी कविता तामाङले नेपाल आदर्शकी जमुना गुरुङ तथा ५२ केजीमुनि नवयुगकी रोजिना थापाले सितुकी पूजा लामालाई पाखा लगाउदै पहिलो भए ।
दुईदिने प्रतियोगितामा १५ विद्यालयका ७५ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4