Comments Add Comment

राष्ट्रिय हित विपरित प्रतिस्पर्धा हुँदैनः प्रधानमन्त्री

Press-Center

१३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हित विपरित कुनै सम्झौता नगर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको पहिलो एकता महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले दलहरुको विचारमा विविधता भएपनि राष्ट्रिय हित विपरित कुनै सम्झौता र प्रतिस्पर्धा हुन नसक्ने बताए ।

उनले अहिलको मुख्य चुनौती संविधान कार्यान्वयन भएको भन्दै प्रेस जगतले यसमा सहयोग गर्नु पर्ने बताए । प्रेसले सहयोग नगरे स्थिति जटिल पनि हुन सक्ने उनको धारणा थियो ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई एकतावद्ध गर्दै संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment