+
+
Shares

झापाका ‘गोविन्द केसी’ लाई सुवास नेम्वाङको साथ !

वार्ताबाटै समस्या समाधान हुनुपर्छः मोहना अन्सारी

गौरव पोखरेल गौरव पोखरेल
२०७३ असोज १५ गते १०:११

SAMSUNG CAMERA PICTURES१५ असोज, झापा । राजधानीको त्रिवि शिक्षण अस्तपालमा प्रा.डा. गोविन्द केसीको अनसन एकातिर चलिरहेको छ भने अर्कातिर झापामा बीएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने माग गर्दै अर्का एक व्यक्ति चार दिनदेखि अनसन बसिरहेका छन् । उनलाई पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले समेत भेटेर माग पूरा गराउन साथ दिने वचन दिएका छन् ।

स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्यप्रकाश मैनाली बीएण्डसी अस्पतालभित्रै अनसनमा बसेका हुन् । उनी पूर्वमन्त्री राधाकृष्ण मैनाली र माले नेता सीपी मैनालीका कान्छा भाइ हुन् । मैनाली अनसन बस्न थालेको शनिबार चार दिन पुगेको छ । उनको स्वास्थ्य स्थिति बिगि्रँदो छ । तर, भन्छन्- ‘माग पूरा नभएसम्म अनसन रोकिँदैन ।’

के-के छन् मैनालीका माग ?

विभिन्न ६ बुँदे मागसहित उनी बुधबार अपरान्हबाट अनसन बसेका हुन् । बीएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनु पर्ने उनको प्रमुख माग छ । उनको मागको पहिलो बुँदामा भनिएको छ, ‘सरकारी मापदण्ड सबै पूरा गरेको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई मेडिकल कलेजको तुरुन्त मान्यता दिइनुपर्छ ।’

उनले कुनै पनि क्षेत्र विशेषको विकास र उन्नतिमा सोही क्षेत्रका जनताले निर्णय गर्न पाउने सर्वसम्पन्न अधिकारमाथि सरकारले अङ्कुश लगाउन नहुने बताएका छन् । मेची अञ्चलका २६ लाख जनताको स्वास्थ्य सुधारका लागि आवश्यक पहलकदमी र विशेष कार्यक्रम ल्याउनुपर्ने उनको अर्को माग छ ।

मैनालीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई शिक्षण अस्पतालहरुलाई सम्बन्धन प्रदान गर्न सक्ने अधिकार सम्पन्न मेडिकल विश्वविद्यालयको स्वीकृति प्रदान गर्नुपर्ने समेत माग राखेका छन् ।

मैनालीले सरकारी अस्पतालमा पूर्णकालीन रुपमा कार्यरत चिकित्सकलाई निजी अस्पताल तथा क्लिनिकहरुमा गई काम गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् ।

‘सरकारी अस्पतालहरुमा २४ घण्टा नै सेवा उपलब्ध हुनुपर्छ’, मैनाली भन्छन्, ‘सरकारले तोकेको मापदण्ड पूरा नगरेको र कानुन विपरीत सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङ होम, मेडिकल क्लिनिक तत्काल बन्द गरिनु पर्छ ।’

अशक्त विरामी तथा लाशमाथि लाग्दै आएको स्वास्थ्य सेवा कर वापतको अतिरिक्त ५ प्रतिशत कर शुल्कसम्बन्धी व्यवस्था तुरुन्तै खारेज गर्नुपर्ने समेत उनको माग छ ।

जायज माग सम्बोधन हुनुपर्छः नेम्बाङ

शुक्रबार पूर्वसभामुख एवम् एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनले उठाएका जायज मागहरु सम्बोधन हुनुपर्छ भन्दै नेम्वाङले यसबारे आफूले सरकारलाई घच्घच्याउने बताए । साथै, उनले अनसनको सफलताका लागि शुभकामना पनि व्यक्त गरे ।

त्यस्तै, झापा क्षेत्र नं. ४ बाट निर्वाचित एमाले सांसद प्रेम गिरीले पनि मैनालीसँग भेटघाट गरेका छन् । र, माग पूरा गराउन सहयोग गर्ने आश्वसन दिएका छन् ।

Ansan-at-B-&-C-Hospital-Jhapaवार्ताबाटै समस्या हल गरियोस्ः आयोग

यसैबीच, शुक्रबार मैनालीको स्वास्थ्य अवस्था बुझ्न बिर्तामोड आएको राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले वार्ताबाटै समस्याको हल गरिनुपर्ने बताएको छ ।

आयोगकी प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौडेल लगायतको एक समूहले शनिबार मैनालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

‘स्वास्थ्य अधिकार प्राप्तिका लागि मैनालीले सुरु गरेको आन्दोलनप्रति आयोग सकारात्मक छ’, प्रवक्ता अन्सारीले एक नोट जारी गर्दै भनिन्, ‘कुनै पनि आन्दोलनको निष्कर्ष वार्ताबाटै निस्किन्छ, यथाशीघ्र वार्ताको माध्यमबाट माग सम्बोधन गर्न आयोग हार्दिक अनुरोध गर्दछ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?