Comments Add Comment

स्वस्तिमाको ‘लभ लभ लभ’ले कब्जा गर्‍यो वैशाख १

swostima and suraj
वैशाख १ गते अर्थात नयाँ बर्षको दिन कमै मात्र नेपाली चलचित्रले रिलिजको अवसर पाएका छन् । तर, आउँदो नयाँ बर्ष शुक्रबार नै परेपछि एक चलचित्रले प्रदर्शन मिति तोकेको छ ।

वैशाख १ यसैपनि नेपाली चलचित्रले राम्रो व्यापार गर्ने मितिको रुपमा हेरिन्छ । सफल निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ चलचित्र ‘लभ लभ लभ’को प्रदर्शन मिति वि.सं २०७४ सालको वैशाख १ गतेलाई तोकेका छन् । लभ स्टोरी जनरामा बनेको यो चलचित्रलाई दीपेन्द्र के खनालले लेखन तथा निर्देशन गरेका हुन् । dipendra khanal in love love love love love scene
चलचित्रमा स्वस्तिमा खड्का, सुरज पाण्डे, रमेश वुढाथोकी, देशभक्त खनाल, रुपा खान, ए गुरुङ, आयन खड्का, गणेश हमाल लगायतका कलाकारको अभिनय छ । swostima and suraj in love love swostima in love love love
चलचित्रमा समावेश १ गीत मात्र खिच्न बाँकी रहेको निर्देशक खनालले बताए । २२ दिनमा चलचित्रको छायांकन सकिएको थियो । शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रलाई सुरज सिने आर्टस्को ब्यानरमा निर्माण गरिएको हो । निरज काडेलले चलचित्र खिचेका हुन् । swostima love love love scene

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment