+
+
Shares

‘के घर के डेरा’बाट आफ्नै जनरामा फर्किएको छु : निर्देशक खनाल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १६:५७

काठमाडौं । फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शन तयारीमा छ । सामाजिक कथावस्तुमा फिल्म निर्देशन गर्दै आएका दीपेन्द्र के खनालको यो प्रोजेक्ट पनि दर्शकमाझ प्रतीक्षित छ ।

यो फिल्म यसअघि रिलिज भएको फिल्म ‘के घर के डेरा’को सिक्वेल नभएको निर्देशक खनालको प्रष्टीकरण छ । उनले अघिल्लो फिल्मसँग यसको कथावस्तु र निर्माण प्रक्रिया अलग रहेको बताए ।

‘यो फिल्म के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा यसमा छ । तर, यो सिक्वेल होइन’ उनी भन्छन्, ‘यो बिलकुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।’

उनले यो फिल्म सामाजिक कथावस्तुमा आधारित ‘सोसल ड्रामा’ रहेको बताए । ‘यो आफ्नो पहिचान झल्कने सिनेमा हो’ उनले भने, ‘यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ । यो सिनेमामार्फत म आफ्नो जनरामा फर्किएको छु ।’

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो पटकथा लेखन हो । यो फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टको अभिनय छ ।

यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको छायांकन छ । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?