१६ असोज, काठमाडौं । व्यवस्थापिका संसदले विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
संसदको आइतबार बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा पठाएको हो ।
संवैधानिक आयोग गठन सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाएसँगै संसद बैठक असोज १८ गते मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
यी ६ वटा विधेयक संसदबाट पारित भएर आयोग गठन भएपछि नेपालमा संवैधानिक निकायको संख्या १३ पुग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4