Comments Add Comment

गुटबन्दीले कांग्रेस कमजोरः डा. कोइराला

Shekhar-Koirala

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटबन्दीले नेपाली कांग्रेस कमजोर हुँदै गएको बताएका छन् । सरकारमा पनि कांग्रेसको भूमिका अत्यन्तै कमजोर देखिएको बताए ।

नेपाल तरूण दल दारेचोक चितवनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वास्तविक कांग्रेस खोज्न गाउँ-गाउँ आएको बताए ।

गुटबन्दीको राजनीतिले ईमान्दार कार्यकर्ताको स्वाभिमानमा आँच आएको बताउँदै डा. कोइरालाले १३ औं महाधिवेशनपछि पार्टीभित्र गुटबन्दी संस्थागत बनेर गएकोमा आफू अत्यन्तै दुःखी भएको टिप्पणी गरे ।

पार्टीभित्र गुटको राजनीति हावी भएकाले सच्चा कांग्रेस भेटिन छाडेको बताउँदै डा. कोइरालाले भने, ‘गुटबन्दीमा रमाउने नेताहरूले कुनै कार्यकर्तालाई केही गर्नेवाला छैनन् । तपाइर्ंहरू गुटबन्दीको पछाडि नलाग्नुस् । सिंगो पार्टी बचाउने काममा लाग्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment