+

म्यानचेष्टर सिटीलाई टोटनहृयामले चखायो हारको स्वाद

२०७३ असोज  १६ गते २०:५१ २०७३ असोज १६ गते २०:५१
म्यानचेष्टर सिटीलाई टोटनहृयामले चखायो हारको स्वाद

Tottenham-Vs-Manchester-City

१६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा यो सिजन शानदार सुरुवात गरेको म्यानचेष्टर सिटीलाई टोटनहृयामले हारको स्वाद चखाएको छ ।

आइतबार भएको खेलमा टोटनहृयामले २-० को जित हात पार्दै सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । उसको शतप्रतिशत जितमा भने सेल्टिकले धक्का दिएको थियो । च्याम्पियन्स लिगमा सेल्टिकले ३-३ को बराबरीमा रोकेको थियो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले उपहार गोलमार्फत अग्रता लिएको थियो । कोलरोभले नवौं मिनेटमा आत्मघाती गोल गरे । खेलको ३७ औं मिनेटमा अलीले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा सिटीले खेलमा र्फकने प्रयास गरेपनि सफल भएन । र, पेप ग्वार्डिओला प्रशिक्षक भएपछि पहिलो हार व्यहारेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय