+
+
Shares

यी टपलेस समाचार वाचिका, रातारात बनिन् स्टार

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १७ गते ९:१०

दर्शक संख्या बढाउन तथा आफ्नो लोकप्रियतामा वृद्धि गर्नका लागि टेलिभिजनहरुले विभिन्न तिकडम अपनाउँछन् ।

topless-anchorएउटा टेलिभिजन च्यानलले टिआरपी बढाउने ध्याउन्नमा सबैभन्दा अगाडि निस्किएर लज्जाको सीमा पार गरेको छ । जस अन्तरगत समाचार वाचिकालाई टपलेस भएर समाचार पढ्न लगाइएको छ ।

यस्तो अनौठो पौरख गरेको हो अल्बानियाको जिजर नामक टेलिभिजन च्यानलले । उसले टपलेस समाचार वाचिकाहरुले समाचार पढ्ने रोचक न्यूज बुलेटिन सुरु गरेको छ । सबैजसो न्यूज बुलेटिनमा टपलेस न्यूज एंकर नै हुन्छन् । समाचार वाचिकाहरुले बटन खुलेको ज्याकेट लगाएका हुन्छन् । जसबाट उनीहरुका वक्षस्थलका केही हिस्सा बाहिरै देखिन्छन् ।

दर्शक बढाउन पत्रकारलाई नंग्याउने टेलिभिजनको उक्त कृत्यको आलोचना नभएको होइन । तर टेलिभिजनले भने आफ्नो कार्यको बचाउ गर्दै आफुले कुनै अश्लील सामाग्री नबेचेको जिकिर गरेको छ । टेलिभिजनको प्रचारका लागि मात्र यस्तो कदम चालिएको उसको भनाई छ ।

टपलेस समाचारले टेलिभिजनको प्रचार त मनग्गे नै भएको छ । समाचार वाचिकाहरु प्नि रातारात स्टार बनेका छन् ।

एकजना टपलेस समाचार वाचिकाका अनुसार उनले पछिल्लो पाँच वर्षदेखि एक स्थानीय टेलिभिजनमा काम गर्दै आएकी थिइन् । तर उनलाई कसैले पनि मतलब गरेको थिएन । तर जिजर टेलिभिजनमा काम गर्न थालेको ३ महिनामै आफु स्टार बनेको उनको अनुभव छ ।

समाचार वाचिकाहरुलाई टपलेस भएर समाचार पढ्दा कुनै पछुतो छैन । उल्टै छोटो समयमा स्टार बनेकोमा मख्ख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?