+
+
Shares

ताप्लेजुङमा जीप दुर्घटना, चार घाइते

रविन भट्टराई रविन भट्टराई
२०७३ असोज १७ गते ९:१५

१७ असोज, ताप्लेजुङ । ताप्लेजुङको सुकेटारबाट सदरमुकाम तर्फ आउँदै गरेको जीप सोमबार विहान दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

Road-Accidentमे १ ज ३६० नंबरको जीप ताप्लेजुङ नगरपालिका ६ स्थित सुकेटार ताप्लेजुङ सडक खण्डमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक इलाम जमुना ८ का १८ वर्षीय तुलसी भण्डारी, सोहि स्थानका सहचालक १७ वर्षीय प्रविण खतिवडा, ताप्लेजुङ लिङखिम ६ का ३० वर्षीय विपना लिम्बु र उनका नाम नखुलेका दुई वर्षीय छोरा घाइते छन् ।

चालक भण्डारीको अबस्था गम्भीर रहेको छ भने अन्यको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

जीप सडक बाट करीव ५० मिटर तल खसेको थियो । दुर्घटना विहान करीव साढे ६ बजे भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?