Comments Add Comment

होटल एसोसिएसनको अध्यक्षमा अमरमान शाक्य निर्वाचित

han-agm
१७ असोज, काठमाडौं । होटल एसोसिएसन (हान) को काठमाडौंमा सम्पन्न ४५औं वाषिर्क साधारणसभाले अमरमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त कार्यसमितिको निवर्तमान अध्यक्षमा बीके श्रेष्ठ, प्रथम उपाध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष विनोद शंकर श्रेष्ठ, महासचिव विनायक शाह, कोषाध्यक्ष सुनिल शाक्य रहेका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा दिनेश विष्ट, प्रविणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुर प्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सिपी श्रेष्ठ र असित राणा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिन उच्चस्तरीय समिति गठन भई मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयमा पठाइसकेको जानकारी दिए । उनले उच्चस्तरीय समितिबाट दिइएका सुझावहरु अझसम्म कार्यान्वयन नभइराखेको सन्दर्भमा तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

‘पर्यटन क्षेत्रको विकास र विस्तारमा सबै पर्यटनसँग सम्बन्धित संघ संस्थासँगको सहकार्यमा आगामी दिनमा यसका प्रभावकारी योजनहरु तर्जुमा गरेर अगाडि बढ्छु,’ शाक्यले प्रतिवद्धता व्यक्त गरे ।

साधारणसभाको उदघाटन राष्ट्रपति विद्या भण्डारीले गरेकी थिइन् । सोही अवसरमा मुलुक प्रदेशीय ढाँचामा गइसकेको अवस्थामा कसरी मुलुकमा पर्यटन प्रवर्द्धन गर्ने भन्ने हेतुले संघका पूर्वअध्यक्ष योगेन्द्र शाक्यको अध्यक्षतामा आगामी दिनमा पर्यटन उद्योगसम्बन्धी गोष्ठीको आयोजना गरिएको थियो ।

गोष्ठीमा उद्योगमन्त्री नविन्द्रराज जोशी, कानुन आयोगका अध्यक्ष माधव पौडेल, पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, लगानी बोर्डका कन्सल्ट्यान्ट रतिस बस्नेत, चर्चित ब्रान्डिङ एक्सपर्ट रञ्जित आचार्य र पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठले प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment