Comments Add Comment

एसबिआइ बैंकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने

SBI bank logo१७ असोज, काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभँंस दिने प्रस्ताब गरेको छ । बैंकको सोमबार बसेको ३९८औं सञ्चालक समितिको बैठकले बोनस सेयरको प्रस्ताव गरेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकले २५ प्रतिशत नाफा बढाउँदै गत वर्ष १ अर्ब ३३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालक समितिले गरेको बोनस सेयर दिने प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र बैंक स्यंकै आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

बैंकले हाल ७३ व्यवशायिक इकाई, ८६ एटीएम मार्फत ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष बैंकले ६५ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको पुँजी पर्याप्ता अनुपात अर्थात क्यापिटल एड्युकेसी रेसियो १३.४९ प्रतिशत छ भने बैंकले प्रवाह गरेको कूल कर्जामा ०.१४ प्रतिशत खराब कर्जाको मात्रा रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment