Comments Add Comment

सुनको मूल्य अाज प्रतितोला ११ सयले घट्यो

gold-sun-chadi
१९ असोज, काठमाडौं । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । खाज छापावाल तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।

सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो सानतामा सुनको मूल्य घट्ने क्रम जारी छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment