Comments Add Comment

नेपाली क्रिकेट विवादः आईसीसीद्वारा ६ सदस्यीय सल्लाहकार समिति प्रस्ताव

Nepal-Cricket-And-icc

१९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानको विधान संशोधनबारे सुझाव दिन ६ सदस्यीय सल्लाहकार समिति प्रस्ताव गरेको छ ।

सल्लाहकार समितिमा नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यष विनयराज पाण्डे पनि छन् । खेलकुद मन्त्रालयका सहसचिव चुडामणि शर्मा, क्यानका पूर्व उपाध्यक्ष दीपक कोइराला, क्रिकेट प्लेयर एशोसिएसन अध्यक्ष एवं पूूर्व कप्तान पवन अग्रवाल र उद्योगपति बसन्त चौधरी छन् ।

यस्तै राखेप सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहाल पनि सल्लाहकार समितिमा प्रस्ताव गरिएको छ । निर्वाचित क्यानबाट कसैलाई समावेश गरिएको छैन ।

सल्लाहकार समितिका प्रस्तावित एक सदस्यले अनलाइनखबरसँग भने, सल्ल्लाहकार समितिको सदस्यका लागि प्रस्ताव आएको छ । टीओआर केही दिनमा टुंगो लाग्नेछ ।’

आईसीसीले संयोजनको जिम्मा हाललाई अमर शेखलाई दिने यसअघि नै घोषणा गरेको थियो ।

समस्या समाधान गर्दैनः निर्वाचित क्यान

आईसीसीले सल्लाहकार समितिमा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेललाई बस्न प्रस्ताव गरेको थियो । तर, निर्वाचित समितिलाई सम्मानजनक हैसियत नदिएको भन्दै चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यानले प्याकुरेललाई जान दिएन ।

अनलाइनखबरसँग कुरा गर्दै महासचिव प्याकुरेलले आईसीसीको निर्णयले क्रिकेट संघमा सरकारको हस्तक्षेपलाईं संस्थागत गर्ने काम गरेको बताए । यसले समस्या समाधान नगर्ने भन्दै उनले भने, मेजर स्टेक होल्डर हामी हौं । हामीलाई नै बाहिर राखेर समाधान हुन्ँदैन ।’

उनले अघि भने, बरु सरकारी हस्तक्षेप संस्थागत गर्ने काम गरेको छ । अब आईसीसीको २.९ आर्टिकल खारेज गरे हुन्छ ।’

यो आर्टिकलमा क्रिकेट संघहरुमा सरकारले हस्तक्षेप गरे मान्य नहुने र सदस्यता निलम्बन हुनेसम्म उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment