Comments Add Comment

वैशाख १ को लडाई सुरु, दयाहाङको जन्मदिनमा ‘घामपानी’ रिलिज हुने

dayahang and keki
यस्तो लाग्दैछ, आउँदो नयाँ बर्षको पहिलो दिन निर्माताका लागि भिडन्तको रुपमा परिणत हुँदैछ । वैशाख १ गते यसपटक शुक्रबार परेपछि निर्माताहरु चलचित्र रिलिज गर्न तछाडमछाड गरिरहेका छन् ।

यसअगाडि वैशाख १ गतेलाई चलचित्र ‘लभ लभ लभ र राधे’ले बुक गरिसकेका छन् । अब, यही मितिमा नयाँ चलचित्रको पनि प्रदर्शन घोषणा गरिएको छ ।

नायक दयाहाङ राइको जन्मदिनको अवसर पारेर उनी अभिनित चलचित्र ‘घामपानी’ रिलिज हुने भएको हो । उनको जन्मदिन वैशाख १ गते हो । यही मितिमा चलचित्र रिलिज हुनेछ । जन्मदिनमा चलचित्र रिलिज गर्दा दयाहाङप्रति सम्मान हुने निर्माताको वुझाई छ ।

चलचित्रका निर्माता र वितरकले यो मितिमा प्रदर्शन मिति टुंगो लगाएको निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा दयाहाङले फुर्वा तामाङ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । फुर्वाको तारा शर्मा नामक युवतीसँग प्रेमसम्बन्ध हुने कथा चलचित्रमा छ । ताराको भूमिकामा केकी अधिकारीलाई देख्न सकिनेछ ।

चलचित्र समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’मार्फत् पहिलोपटक निर्देशनमा हात हालेका हुन् । सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा चलचित्रको सुटिङ भइरहेको छ । बुधबारसम्म ५० प्रतिशत सुटिङ सकिएको कार्यकारी निर्माता मणिराम पोखेरलले जानकारी दिएका छन् । उनका अनुसार तिहारअघि चलचित्रको छायांकन सक्ने योजना छ ।

चलचित्रमा दयाहाङ र केकीका अलावा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धी तामाङ, अरुणा कार्की लगायतको अभिनय छ । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत चलचित्रमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment