Comments Add Comment

के ‘अनलक्की’ वन्दैछिन् वेनिशा ?

benisha hamal
अब, के वेनिशा हमाललाई नेपाली चलचित्र क्षेत्रकी ‘अनलक्की’ नायिका भन्न सकिन्छ ? यदि, उनले सोचे जस्तो भएको भए उनको करिअरमा अहिलेसम्म धेरै चमकता आइसक्थ्यो ।

उनी अभिनित चलचित्र ‘किङ’ आजबाट रिलिज भएको भए, वेनिशा संभवत अहिले मिडियामा छाइरहेकी हुन्थिन् । तर, दशैंमा रिलिज हुने भनेर पूर्व प्रचार गरिएको चलचित्र प्रदर्शन मिति स्थगित १५ दिन अगाडि मात्र गरियो । चलचित्र रिलिजलाई लिएर वेनिशा खुबै उत्साहित पनि थिइन् ।

जसले वेनिशालाई फेरि सफलता चाख्न केही समय कुर्नुपर्ने स्थिती आयो । कलाकारलाई चलचित्र रिलिज भैदिएन भने पनि असर पर्छ । करिअर केही पछाडि धकेलिन्छ ।

‘किङ’ रिलिज मात्र होइन, नायिकाले अभिनय गर्ने भनिएको चलचित्र ‘ब्लाइन्ड रक्स’को छायांकन पनि पछाडि धकेलिएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले यस अगाडि चलचित्र ‘ह्याप्पी डेज’ निर्देशन गर्दैछन् । यूरोपमा यो चलचित्रको छायांकन हुनेछ । वेनिशाले ‘ब्लाइन्ड रक्स’का लागि खुबै मिहिनेत पनि गरेकी थिइन् ।

अब, उनलाई यो चलचित्रको छायांकनका लागि पनि केही महिना कुर्नुपर्ने पक्का छ । एकपछि अर्को प्रोजेक्ट पछाडि धकेलिएपछि वेनिशाको करिअरमा सुस्ताएको गाडीले रफ्तार लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment