+
+
Shares

बुवासँग चियर्स गर्दै दिपाश्रीको दशैं

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २२ गते १२:०३

deepa shreeकाठमाडौं । छक्का पञ्जा निर्देशन गरेर चर्चामा आएकी दिपाश्री निरौलाको दसैं यसपाली बिराटनगरमा भब्य हुने भएको छ ।

उनी बिराटनगर गएको बेला उनले पुराना साथीहरुलाई घरमै बोलाउने गरेकी छिन् । साथीभाई जम्मा भएर मदिराको चुस्की लिँदा निकै रमाइलो लाग्छ उनलाई । उनको घर छेउमा मगर समुदाय भएकाले सानैदेखि मदिरा पिएको उनुभव छ ।

तर, उनका बुबा मदिरा छुँदैनन् । ‘बुबा कालो चिया लिएर साथ दिनुहुन्छ हामी बियर’ दिपाश्रीले भनिन् । मदिरा ठिक्क मात्रै पिउनुपर्ने धारणा राख्ने दिपाश्री बियरकी पारखी हुन् रे ।

बिराटनगरमा गर्मी बढि नै हुने भएकाले पनि बियरमै रमाउने उनको योजना छ । त्यसो त उनी काठमाडौंमा हुँदा पनि वियर पिएरै रमाइलो गर्छिन् । रेडवाईन पनि उनलाई मन पर्ने डि्रङ्स हो ।

जाडो याममा भने कहिले काँहि ह्वीस्की पिउने बताइन् । । उनको एउटै मान्यता छ ठिक्क मात्रै पिउनु । त्यही ठिक्क पिउदा पनि कहिले काँही मातेको अनुभव गरेकि छिन् ‘खाली पेट भयो भने एक बोत्तल बियरले पनि मात्तिँदो रहेछ’ उनले अभव सेयर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?