Comments Add Comment

दीपिकाले रुँदै भनिन्-‘डिप्रेशनको समयमा आमाको साथ महत्वपूर्ण थियो’

deepika padukone depresssion
करोडौ रुपैयाँ कमाउने बलिउडकी चर्चित नायिका दीपिका पादुकोण पनि डिप्रेशनको शिकार भएकी थिइन् भन्ने सुन्दा तपाइलाई पत्यार नलाग्न सक्छ । नाम, दाम, चर्चा सबै कुरा पाएकी यी चर्चित सुन्दरीलाई आखिर के कारणले डिप्रेशन भयो होला त ?

वल्र्ड मेन्टल हेल्थ डेको अवसरमा आयोजित कार्यक्रममा दीपिकाले भनिन्-‘डिप्रेशनबाट हार खानु भन्दा पनि लडेर जित्न जरुरी छ । यदि, मेरी आमा नभएको भए म आज यहाँ हुने थिइनँ होला ।’

मुम्बइमा आयोजित कार्यक्रममा उनले भनिन्-‘२ साल पहिला मेरो आमा, बुबा र बहिनी मलाई भेट्न मुम्बई आएका थिए । घर फर्कने  बेलामा सबै जना प्याकिङमा व्यस्त थिए । म मेरो विस्तारामा एक्लै रोइरहेकी थिएँ । मलाई आमाले सबै ठिक छ भनेर सोध्नु भयो । मैले ठिक छ मात्र भनेँ । आमाले मलाई यो कामसँग सम्बन्धित हो भनेर सोध्नुभयो । मैले होइन भनेँ । मलाई आमाले यो कुरा ३ पटकसम्म सोध्नुभयो । म निकै गाह्रो महशुश गरिरहेकी थिएँ । म रुन थालेँ ।’ दीपकाले यदि आज आफ्नी आमाले साथ नदिएको भए आफू यो स्थानमा नहुने पनि बताइन् ।

आफू लामो समयसम्म डिप्रेशनमा रहन नसक्ने अवस्थामा रहेको दीपिकाले बताएकी छिन् । उनले हरेक समस्याको समाधान आफू भित्र नै भएको पनि मिडियाको सामु बताइन् । उनले सबैलाई डिप्रेशनको समाधान आफू भित्र नै खोज्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment