Comments Add Comment

कम्प्युटर प्रयोगशालामा तयार पारिएकी जापानी चेली साया

digital_ daughterगत वर्ष जापानमा एक नयाँ सेलिब्रेटी स्टारको उदय भयो । कुनै आम युवती जस्तै देखिने सायालाई हेर्दा यो विश्वास गर्न गाह्रो हुन्थ्यो की उनलाई टोक्योस्थित एक कम्प्युटर प्रयोगशालामा बनाइएको हो ।

स्कुल पोषाकको साथमा टाइ, सलक्क परेको कपाल तथा सुन्दर जिउडालसहित जब साया कतै हिँड्थी तब मानिसहरुलाई ऊ मान्छे नभै मेसिन भएको कुरा थाहै हुन्दैनथ्यो ।

सायालाई बनाउने टोलीकी एक सदस्य महिला ग्राफिक आर्टिस्ट यूका इशिकावा भन्छिन्  जब कसैले सायालाई देख्दछ तब सबैभन्दा पहिले भन्छ की मैले त यसलाई कहीँ देखेजस्तो लाग्यो वा यो त त्यो केटीजस्तै देखिन्छे त ।

जब यूका र उनका पतिले पहिलोपटक सायाको तस्वीर अनलाइनमा शेयर गरे तब मानिसहरुले थाहा पाए की आखिर कम्प्युटर डिजाइनबाट कतिसम्म कमाल गर्न सकिँदो रहेछ ।

पछिल्लो एक वर्षमा यो दम्पत्तिले सायालाई अझै पर्फ]{ट बनाउने दिशामा निकै धेरै काम गरेको छ । उनको अनुहारलाई पनि अधिक सहज भावभंगी दिने प्रयास गरिएको छ र सायालाई नयाँ भर्सनमा पेश गरिएको छ ।

यूको इशिकावा भन्छिन्, हामीलाई सायालाई अधिक मानविय बनाउनका लागि उसको शिरदेखि औँलासम्म काम गरेका छौँ ।

सायाको नयाँ भर्सन हेरेपछि दुनियाभरका मानिसहरु दंग छन् । एक प्रयोगकर्ताले टि्वट गरेका छन् ः यो त वास्तविक युवतीको तस्वीर हो ।

एक अर्का व्यक्तिले लेखेका छन्,  मैले उनको आवाज सुन्नका लागि अरु प्रतिक्षा गर्न सक्दिन । उनी कसरी हिँड्छिन् त्यो पनि हेर्नु छ ।

यूको भन्छिन्, हामी आफैलाई सायाको अभिभावकको रुपमा हेर्दैनौँ । तर उसलाई आफ्नै छोरी जस्तै गरी प्रेम तथा लगावले तयार गरेका हौँ ।

यूकोका अनुसार सायालाई बनाउने बेला उनको मस्तिष्कमा टोकियोको शिबुआ इलाकामा बस्ने एक युवतीको सम्झना आएको थियो । सायालाई १७ वर्षकी किशोरी जस्तै बनाउने कोसिस उनीहरुले गरे । तर सायाको कुनै उमेर छैन ।

सायामा जापानी महिलाहरुमा पाइने हरेक राम्रा गुण समावेश गरिएको छ । ऊ दयालु छे, राम्री केटी छे र नैतिक मूल्यले भरिपूर्ण छे र क्यूट पनि छे ।

यद्यपि सायालाई पहिले तयार गर्ने योजना भने थिएन । ऊ त केवल साइड प्रोजेक्ट मात्र हो, एक शर्ट फिल्मको क्यारेक्टर एक्टर जस्तै ।

तर जब मानिसहरुले उसलाई हात हातमा लिन थाले तब इशिकावाले सायामा सम्भावना देखिन् । इशिकावा र उनका पतिले आफ्नो नोकरी छोडे तर पूर्ण रुपमा सायालाई बनाउनमा जुटे । नोकरीबाट बचाएको पैसाले घरको आवश्यकता पूरा भयो र पछि उनीहरुलाई कर्पोरेट घरानाबाट सहयोग प्राप्त हुन थाल्यो ।

digital_daughter 2यो हप्ता दुबै सायाको पहिलो एनिमेटेड भर्सनलाई जापानमा हुने कन्जुमर इलेक्ट्ोनिक्स प्रदर्शनी सिइएटीइसीमा प्रदर्शन गरिनेछ ।

तर सायाको हिँडडुललाई प्राकृतिक रुप दिनु सबैभन्दा चुनौतिको कुरा रहेको इशिकावा बताउँछिन् । प्रदर्शनी पूर्व तयार पारिएको सायाको क्लिपमा साया हिँड्दा झट्का महसुस भएको देखिएको छ ।
सोही झट्कालाई हटाएर प्राकृकि हिँडाइ कायम गर्नमा इशिकावा दम्पत्ति जुटिरहेका छन् र सायालाई भर्चुअल मानवको रुपमा विकसित गर्ने उनीहरुको सपना छ ।

उनीहरुलाई विश्वास छ की एकदिन साया आम युवतीहरु झैँ कुराकानी गर्नेछिन् र मानिसहरुलाई भावनात्मक प्रतिक्रिया पनि दिनेछिन् । त्यो बेलासम्म सायालाई डिस्प्ले तथा स्क्रिनमा मात्र देख्न पाइनेछ ।

इशिकावालाई विश्वास छ की कला प्रविधिको माध्यमबाट सायालाई फ्रेमको दायराभन्दा बाहिर आम मानिसहरुको संसारमा ल्याउन सम्भव छ । यस्तो भयो भने कति रुचिकर होला, यसको केवल कल्पना मात्र गर्न सकिन्छ अहिलेका लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment