Comments Add Comment

बायु सेवा निगमले माग्यो अधिकृतदेखि सहायकसम्म

एसएलसी पास गरेकालाई पनि अवसर

nepal-airlines
३० असोज, काठमाडौं । नेपाल बायु सेवा निगम (नेपाल एयरलाइन्स) मा विभिन्न ५३ पदमा जागिर खुलेको छ । बायु सेवा निगमले विभिन्न ५३ रिक्त पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको छ ।

निगमले १५ जना प्रशासन अधिकृतका लागि दरखास्त मागेको छ । जसमा खुलातर्फ ८ जना नियुक्त हुनेछन् भने महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण छ । यसैगरी ६ जना लेखा अधिकृतका लागि गरिएको आवेदनमा ३ जनाले खुलामा प्रतिस्पर्धा गरेर जागिर पक्का गर्न सक्नेछन् ।

यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदान मागेको छ ।

पदअनुसार छुट्टा-छुट्टै शैक्षिक योग्यता तय गरिएको छ । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुकले आवदेन दिन सक्नेछन् ।

विज्ञापन हेर्नुस्
nac-vacancy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment