+
+

बाँस बेचेरै वन उपभोक्ता लखपति

रासस रासस
२०७३ कात्तिक १ गते १४:३३

Bambo-forest

१ कात्तिक, कञ्चनपुर । बाँस बेचेरै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणिमा रहेको जनहित महाकाली सामुदायिक वनका उपभोक्ता लखपति भएका छन् ।

सामुदायिक वनमा रोपिएको बाँस बेचेर सामुदायिक वनका उपभोक्ताले वार्षिक रुपमा पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी लिँदै आएका छन् ।

एक दशकअघि सामुदायिक वनमा रोपिएका आधादर्जन प्रजातिका बाँस बेचेर आम्दानी लिन थालिएको हो ।

काँडे, मध्यम र मोटो प्रजातिका गरी तीनथरिका बाँस सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा रोपिएका छन् ।

‘सामुदायिक वनमा रोपिएका बाँस चारवर्षदेखि बिक्री गरी आम्दानी लिँदै आएका छौँ,’ सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले बताए।

सामुदायिक वनबाट उपभोक्ता, सटरिङ गर्ने व्यापारी र जैविक तटबन्ध निर्माणकर्ताले बाँस खरिद गरी लग्ने गरेका छन् । प्रतिबाँस २५० रूपैयाँदेखि ५०० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

‘वार्षिक रुपमा काठ बेचेर रु दुई लाखसम्म आम्दानी हुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘बाँस बेचेर काठभन्दा दोब्बर बढी आम्दानी भइरहेको छ ।’ उनका अनुसार पहिलो वर्ष बाँस बेचेर चार लाख रूपैयाँ आम्दानी भएको र त्यसपछिका तीन वर्षमा पाँच-पाँच लाख रूपैयाँका दरले आम्दानी हुँदै आएको छ ।

बाँस बेचेर आएको पैसाले सामुदायिक वनका उपभोक्ताले सडकमा ग्राभेल हाल्न, सडक मर्मत गर्न, विद्यालयमा पढ्ने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र निजी स्रोतका शिक्षकको तलब बाँस बेचेर आएको रकमले धान्दै आएका छन् ।

अभिभावकको आर्थिक अवस्था निकै कमजोर रहेकाले बाँस बेचेर आएको केही रकम विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि न्यून ब्याजमा आयआर्जनका कार्यका लागिसमेत रकम उपलब्ध गराउने व्यवस्था सामुदायिक वनले गरेको छ ।

‘दुई दर्जनभन्दा बढी विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्था सामुदायिक वनले प्रदान गरेको रकमले उकासिएको छ,’ सामुदायिक वनका पूर्व लेखा संयोजक शोभा खुनाले भनिन् ।

वि.सं २०६० मा स्थापना भएको सामुदायिक वन १९८ दशमलव ९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा ५३० उपभोक्ता आश्रित रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?