भागदौडपूर्ण जिन्दगीमा तनाव तथा उपयुक्त र सन्तुलित आहाराको अभावका कारण जिउ दुब्लाउँदै जान्छ र वजन कम हुन्छ ।
जब आवश्यकता भन्दा बढि दुब्लाइन्छ तब जिउ कमजोर हुन्छ र थोरै काम गर्दा पनि थाकिन्छ । यस्तो समस्याबाट बच्नका लागि सही डाइट प्लान अँगाल्नु जरुरी हुन्छ । यी हुन् सरीरको वजन बढाउने केही टिप्सः
· बिहान उठेसँगै ६।७ वटा बदाम या ८।१० वटा किसमिस र एउटा ओखर खानुहोस् ।
· त्यसको एक घण्टापछि एक गिलास दुध वा गाजरको जुस र दुइ कोसा केरा खानुहोस् ।
· ब्रेकफास्टको रुपमा दुइवटा उमालेको अण्डा, जाम वा मख्खनसँगै ब्रेड खानुहोस् । यसको साटो २।३ वटा आलु परौँठा खाए पनि हुन्छ ।
· लन्चको रुपमा एक कचौरा दाल, भात, हरियो सागपात, सलाद तथा दही खानुहोस् । दालको साटो बेलाबेलामा पनिर तथा मसरुम खाने गर्नुस् । त्यस्तै कुखुराको मासु, माछा आदि पनि बेलाबेलामा खानुहोस् ।
· बेलुकी ४।५ बजेतिर एक कचौरा चना फ्राइ र एक कप चिया वा कफी पिउनुहोस् । यसको साटो भेजिटेवल जूस वा फ्रुट पनि लिन सक्नुहुन्छ ।
· डिनरको रुपमा २।३ वटा रोटी एक कचौरा दाल, हरियो सागपात, सलाद र दही खानुहोस् ।
प्रतिक्रिया 4