Comments Add Comment

पञ्चकन्याले ल्यायो दुई नयाँ प्रकारका एसएस ट्याङ्क

panchakanya-ss-tank२ कात्तिक, काठमाडौं । पञ्चकन्याले ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको कम्पनीले जनाएको छ ।

यो ट्यांकमा अन्य ट्याङ्कको दाँजोमा पानी छिटो तात्न पाउँदैन । लक गर्न मिल्ने बिर्को भएकोले कुनै किमिमको कीरा, फोहर आदि पस्न सक्दैन ।

साथै स्ट्याण्ड पनि हुनाले ट्यांक रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ । यो राख्ने स्थान समेत कम भए पुग्छ ।

३१६ ग्रेडका ट्याङ्कहरु फार्माच्यूटिकल ल्याब, हस्पिटल, ब्रुअरी, डिष्टिलरी, डेरी, औद्योगिक प्रतिष्ठान, फुड एण्ड बेभरेज जस्ता उद्योग तथा घरायसी प्रयोजनका लागि अति उपयोगी हुने कम्पनीले जनाएको छ ।

यो ट्यांकी १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् । पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment