+
+

करेन्ट लागेर माडीमा एकजनाको मृत्यु

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ कात्तिक ३ गते १३:१९

३ कात्तिक, चितवन । पश्चिम चितवनको ग्रामिण भेग माडीमा आज बिहान करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।

electricityबाख्रालाई घाँस काट्ने क्रममा करेण्ट लागरे माडी-२ धुव्रटोलका ६२ बर्षीय वेचन महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरका प्रहरी निरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

भेलरको रुपमा चढेर हाँगा काट्ने क्रममा नांगो तारमा छोइएर करेन्ट लागेको र रुखबाट लडेर महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

गाउँमा बिजुली बाल्ने सपना देखेका उनी सपना पूरा हुन नपाउँदै बिजुलीकै कारण मृत्युको शिकार भए ।

भूईमा ढुङगामा ठोकिएर गम्भीर घाइते बनेपछि नजिकैको घरमा पुर्‍याएलगत्तै उनको ज्यान गएको हो ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र प्रसाद पौडेलले हाइटेन्सन नजिकका रुख तथा हाँगा काट्दा विद्युत प्राधिकरण तथा प्राविधिकको सल्लाह लिन सबैलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?