Comments Add Comment

गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल अार्थिक हिनामिना आरोपमा पक्राउ

१२ करोड भन्दा बढी हिनामिना गरेको आरोप

yogendra-mani-dahal

३ कात्तिक, काठमाडौं । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । आफू कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको १२ करोड ३५ लाख रुपैँया हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई बालुवाटार ४ स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी इश्वर कार्कीका अनुसार दशैंअघि कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतको रुपमा कार्यरत थिए । कम्पनीले उनीमाथि छानविन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि दशैंअघि प्रहरीमा उजुरी गरेको थियो ।

कम्पनी घाटामा देखिएपछि दुई वर्ष अघि नयाँ लेखा प्रणालीमा जान खोज्दा दाहालले निकै विरोध गरेको कम्पनीको आरोप छ ।

गीतकार दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालिसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजीक अवार्ड र सम्मानहरुसमेत पाएका छन् ।

तस्वीरः दाहालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment