Comments Add Comment

चितुवाको छालासहित पक्राउ परेका राईलाई प्रहरीले वन कार्यालयमा बुझायो

dhwase-chituwa-ko-chhala
ध्वाँसे चितुवाको छाला । फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । चितुवाको छालासहित पक्राउ परेका एक व्यक्तिलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

सशस्त्र प्रहरी बलको विशेष टोलीले मंगलबार कीर्तिपुर गेटबाट भोजपुरको छिनामखु-७ घर भएका ३७ वर्षीय ज्ञानबहादुर राईलाई दुई थान छालासहित पक्राउ गरेको थियो ।

उनको साथबाट संरक्षित र दुर्लभ मानिने ध्वाँसे चितुवाको एक र अर्को एक गरी दुई वटा छाला बरामद भएको थियो ।

संरक्षित ध्वाँसे चितुवा अन्यन्तै दुर्लभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment