Comments Add Comment

विहीबारदेखि संसदको वर्षे अधिवेशन सकिँदै, सभामुख काग तिहारसम्म स्वीटजरल्याण्डमा रहने

Onsari-Gharti

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलि शुक्रबारदेखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

विहीबार वर्षे अधिवेशन अन्त्य गरेर शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् ।

‘भोलिदेखि संसदको वर्षे अधिवेशन अन्त्य हुन्छ, सभामुखज्यूको नेतृत्वमा हामी एकसाताका लागि जेनेभा जाँदैछौं,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अनलाइनखबरसँग भने, ‘जेनेभामा २२ देखि २९ तारेखसम्म कार्यक्रम छ ।

कोको जाँदैछन् स्वीट्जरल्याण्ड ?

सभामुखको भ्रमण टोलीका चार प्रमुख दलका प्रमुख सचेतकहरु सहभागी हुनेछन् । टोलीमा कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल, माओवादी केन्द्रका टेकबहादुर बस्नेत र राप्रपा नेपालका दिलनाथ गिरी सहभागी हुनेछन् ।

टोलीमा व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमेत रहनेछन् ।

सभामुख र प्रमुख सचेतकहरुको टोली स्वीट्जरल्याण्डको जेनेभामा हुने १३५ औं अन्तर व्यवस्थापिका संसद सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

तिहार लागेपछि र्फकने

सभामुखको टोली कात्तिक ११ सम्म जेनेभामै रहनेछ । यता कात्तिक १२ गते कागतिहार परेको छ, जुन दिनदेखि तिहार सुरु हुन्छ । कात्तिक १४ गते लक्ष्मीपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।

त्यसो त यो अवधिमा मुलुकको चौथो दल राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि देशमा रहने छैनन् । तिब्बतबाट र्फकनासाथ थापा तिहार उतै मनाउने उद्देश्यले कात्तिक २० गतेसम्मका लागि बेलायततिर लागेका छन् ।

भाइटीका लगत्तै छठको चटारो

तिहार सकिएको सातापछि पनि देशमा खासै राजनीतिक गतिविधि हुने सम्भावना छैन । किनभने भाइटीकाको ५ दिन पछि कात्तिक २१ गते छठ पर्व परेकाले मधेसी समुदाय दिपावली र छठ अघिसम्म आफन्तजनहरुसँगै रमाइरहेका हुन्छन् ।

तर, सरकारले छठसम्म पनि आफूलाई चित्त बुझ्ने गरी संविधान संशोधन नगरे छठलगत्तै आन्दोलन गर्ने मधेसी मोर्चाले यसअघि नै चेतावनी दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment