३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन् ।
सर्वोच्च अदालतले योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने फैसला गरेपछि उनी क्यानडा गएका थिए । अदालतलाई म्याद तामेली छल्न उनी विदा थप्दै बसेका थिए ।
पछिल्लो पटक उनी दुबर्इ पुगेका थिए । उनी विदेशमै रहेका बेला अदालतले म्याद तामेली गरेको छ । र,१५ दिनभित्र तारेख बुझ्न उनी वा प्रतिनिधि अदालतमा उपस्थिति हुनु पर्नेछ ।
म्याद तामेली भएपछि कार्की स्वेदश फर्किएका हुन् । विमानस्थलमा सञ्चारकर्मी देखेपछि अख्तियार प्रमुख कार्कीले तपाईहरु आउनु भो, धन्यवाद भनेर बाहिरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4