+
+
Shares

सिराहामा बस र ट्रक ठोकिँदा तीनको मृत्यु, १३ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ४ गते ८:५६

४ कात्तिक, सिराहा । सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

accident-1
फाइल फोटो

गएराति साढे १२ बजे सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोकिँएका थिए।

मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ट्राफिक प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको सिराहा प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?