Comments Add Comment

उद्योग बाणिज्य महासंघको विधान संशोधन ध्वनि मतबाटै पारित हुने अवस्था

भवानी राणा स्वतः अर्को कार्यकालको अध्यक्ष हुने सम्भावना बढ्यो

FNCCI

४ कात्तिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारणसभा काठमाडौंमा अहिले जारी छ । साधारणसभाले महासंघको २०४९ सालमा बनेको विधान संशोधन गर्न लागेको छ ।

महासंघ भित्रका समस्या समाधान गर्दै महासंघमा हुनेगरेको राजनैतिक गुटबन्दीलाई अन्त्य गर्न महासंघले विधान संशोधनको लागि विशेष साधारण सभा बोलाएको हो ।

महासंघले मुख्यतः विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने, प्रादेशिक संरचना अनुसार प्रादेशिक अध्यक्ष बनाउने, कार्यसमितिको संख्या वृद्धि लगायतको विषयमा संशोधन गर्न विशेष साधारणसभा बोलाइको जनाएको छ ।

महासंघले पेश गर्न लागेको विधान संशोधनका लागि सभामा उपस्थित प्रतिनिधिहरुमध्ये ५१ प्रतिशतको सर्मथन आवश्यक हुन्छ । महासंघका एक सदस्यका अनुसार आज पेश हुन लागेको संशोधन प्रस्ताव ध्वनि मतबाटै पारित हुने अवस्था छ । किनभने साधारणसभामा बिधान संशोधन पक्षधर सदस्यहरूकाे बाहुल्यता छ । यदि ध्वनि मतबाट पारित नहुने अवस्था भएमा मतदान प्रक्रियाबाट विधान पारित हुनेछ ।

विधान पारित भएको अवस्थामा अहिलेका अध्यक्ष पशुपति मुरारकाको कार्यकाल चैत २६ गते समाप्त भएलगत्तै कार्यसमितिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछ ।

विधान संशोधन पारित भएको अवस्थाम अहिलकी वरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष हुने बाटो खुल्ने छ । चैतमा हुने साधरणसभामा भने वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदको लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment