Comments Add Comment

निधन भएको ७ बर्षपछि पनि माइकलको कमाई ८२ करोड डलर

VARIOUS, VARIOUS - JUNE 25:  Michael Jackson performs at the 12th Annual MTV Video Music Awards at Radio City Music Hall on September 7, 1995 in New York City.  (Photo by Kevin Mazur/WireImage)

विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् ।

माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फाेर्ब्स  म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड डलर कमाई गरेका छन् ।

एक बर्षमा सर्वाधिक धेरै कमाई गर्दै सूचीको पहिलो स्थानमा आएका माइकलको कमाई कसरी भैरहेको होला ? सोनी र एटीभी म्यूजिक पब्लिसिङ्गमा माइकल ज्याक्सनको शेयर बेचेर आएको रकमले पनि उनलाई कमाई गर्ने मृतक सेलिब्रेटीको सूचीको अग्रस्थानमा ल्याइदिएको हो ।

सन् २००९ मा ज्याक्सनको निधन भएको थियो । यसपछि, सन् २०१२ लाई छाडेर उनी निरन्तर सर्वाधिक कमाई गर्ने ‘मृतक सेलिब्रेटी’को सूचीको पहिलो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment