+
+
Shares

नयाँ शक्तिले भन्यो लोकमानको नियुक्तिनै गलत थियो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १८:०६

५ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टीले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति नै गलत भएको बताएको छ ।

Naya-Shakti-Nepalपार्टीका प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको बिज्ञप्तिमा संसद र न्यायपालिकाप्रति बफादार नरहने संबैधानिक निकायका प्रमुखको नियुक्तिमै राजनीतिक दलहरुले त्रुटी गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार उन्मूलन गर्न गठन भएको शक्तिशाली संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत छ भन्ने कुरालाई स्पष्ट पार्दछ ।’

यस्ता समस्याबाट छुटकाराका लागि नयाँ शक्तिले संसदबाट सिधै नियुक्त हुने संबैधानिक प्रमुख रहने व्यवस्था गर्न पनि माग गरेको छ ।

मुलुक भ्रष्टाचारको दलदलमा फसिरहेका बेला त्यसैलाई नियमन गर्ने संस्थाका प्रमुख विवादमा तानिनु दुःखद विषय भएको नयाँ शक्तिको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?