Comments Add Comment

तीन बन्दरगाह प्रयोग गर्न दिन चीनलाई नेपालको प्रस्ताव

nepal-china-flag

७ कात्तिक, काठमाडौं । नेपालले चीनसामू तेस्रो मुलुकसँग व्यापारका लागि तीन बन्दरगाह प्रयोग गर्न दिन प्रस्ताव गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो, जसले एक अर्को देशलाई तेस्रो देशसँग ब्यापारका लागि आफ्नो भूमि प्रयोग गर्न दिन्छ ।

तर, सन्धि कार्यान्वयनमा आएको छैन । नेपालले कार्यान्वयनको मोडालिटीबारे छलफलका लागि संयुक्त बैठकको मिति प्रस्ताव गरेको छ । बाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले सिन्हृवालाई बताएअनुसार नेपालले चीनसामू कात्तिक २१ देखि २३ मा बैठक बस्ने प्रस्ताव राखेको छ ।

यो बैठकमा सन्धि अनुसार सीमा शुल्क, कार्गोको प्रकारदेखि अपरेशन मोडालिटीबारे छलफल हुनेछ ।

बाणिज्य मन्त्रालयका प्रवक्ता सैंजुका अनुसार नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि दुई देशको ४ देखि ५ वटा नाकाबाट ट्रान्जिट सुविधासहित चीनको २ देखि ३ बन्दरगाह प्रयोग गर्न चाहेको छ ।

उनले भने, ‘हामीले चिनियाँ पक्षलाई पठाएको प्रस्तावमा कुन-कुन सीमा नाका र बन्दरगाहा भनेर उल्लेख गरेका छैनौं ।’

नेपालको तेस्रो मुलुकबाट हुने आयात निर्यात अहिले भारतमा निर्भर छ । बंगलादेशसँग परावहन सम्झौता भएपनि उपयोगहीन छ । तर, गत वर्ष असोजमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएपछि नेपालले चीनबाट तेस्रो मुलुकसँग व्यापार गर्न सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment