+
+
Shares

संविधान असफल बनाउने कोसिस भइरहेको छ: गौतम

रासस रासस
२०७३ कात्तिक ७ गते १५:०५

७ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् ।

Bamdev Gautamप्रेस चौतारी रुपन्देहीले आज मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको बताए । उनले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गरे । गौतमले भने, ‘हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ ।’

नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाभियोग प्रस्तावको बाटो लिनुपरेको बताउँदै नेता गौतमले बताए । उनले भने, ‘राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?