+
+
Shares

रामबजार महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ८ गते १०:४६

rambazar
८ कात्तिक, पोखरा । ‘जाऔँ खाऔँ अनि रामबजारमै रमाऔँ’ भन्ने नाराका साथ आइतबारदेखि पोखराको रामबजारमा रामबजार महोत्सव सुरु भएको छ ।

कला र संस्कृतिको प्रवद्र्धन एवम् जगेर्ना गरी आन्तरिक एवम् बाह्य पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागिएको क्लबका अध्यक्ष कुमार थिङ तामाङले बताए ।

रामबजार युथ क्लबको आयोजनामा सुरु सो महोत्सवमा लोकनृत्य, बाल उद्यान, जातीय झाँकीको प्रस्तुति, स्थानीय एवम् राष्ट्रियस्तरका कलाकारको प्रस्तुति, पञ्चेबाजा, नौमती बाजा, मनोरञ्जनात्मक एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ ।

महोत्सव यही कात्तिक १३ गतेसम्म चल्ने छ । महोत्सवमा ३५ वटा स्टल राखिएको छ । महोत्सवको उद्घाटन गर्दै पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालले महोत्सवले धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने बताए ।

क्लबका अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ, नगर महिला समन्वय समितिका संयोजक पवित्रा गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका सदस्य चन्द्रकिशोर गौतमलगायतका वक्ताले महोत्सवको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?